Connect with us
Kapilvast Forest

सरकारवाट हटाउने कुरा आएपछि एमालेसँग सहकार्यको प्रस्ताव राख्न पुगे :महासचिव पोखरेल

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडाैँ-एमाले महासचिव शंकर पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरूद्धमा जे–जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरेको बताउनु भएको छ । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरू अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन्। यी तथ्यहरूले अब त सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरूमा समेत आउनुपर्ने उल्लेख गर्नु भएको छ ।

१– जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगाबै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे। तर उनीहरूको प्रस्ताव एमाले र नेकां दुबैले अस्विकार गरे। पाँचवर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनावगर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नी ?

२– केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे। नेकां समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो। तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे। एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए।

३– पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्ष मध्ये एक पद छोड्नुपर्ने माग सहित एक व्यक्ति एक पदको कुरा गरे। तर पार्टी विभाजन पछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यता विपरित पार्टी र दल दुबैको एकसाथ नेता बन्न पुगे।

४– नेकपा कालमा सभामुख मार्फत संसदमा एमसीसी टेवल गर्नमा रोक लगाए। तर नेकांले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए।

५– एमसीसी मार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे। सरकारमै रहेका वेलामा संझौता समेत गरे। तर एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए। तर अहिले सत्तावाट बाहिरिने त्राश बढेपछि एमसीसी पास गर्न तयार भए।

६– नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे। तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकांको नेतृत्वको सरकारमा निशर्त सहभागी भए।

७– नेकपा कालमा सबै सूचकहरूले सरकारको काम राम्रो रहेको देखिदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे। तर अहिलेको गठवन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन्।

८– माधव नेपालले सदैब आफूलाई विधि र पद्धतीको पक्षमा रहेको दावी गरे। तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रूपमा आफुलाई प्रस्तुत गरे।

९– अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे। तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टिहुन पुग्यो। अनि अदालतमा विचाराधिन मुद्दा र स्थानिय निर्वाचन सार्नका लागि प्रधान न्यायाधीशमाथि महाभियोग लगाउने काम गरे। निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए।

१०– नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे। एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए। तर अदालतमा नेकपाको नाममा विचाराधिन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे। यतिबेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन्।

११– हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे। तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलिय गठवन्धन अपरिहार्य रहेको बताउन थालेका छन्। चुनवामा जान खुट्टा कमाइँरहेका छन्।

१२– नेकपा भंग भएपछि नेकपा (एमाले)सँग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे। जब एमसीसी प्रकरणमा नेकांले सरकारवाट हटाउने कुरा गर्न थाल्यो तब नेकपा (एमाले)सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे।

यी तथ्यहरूले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा लगाइएका सबै आरोपहरू कुण्ठाग्रस्त मानसिकताका उपज थिए। अनि उनीहरू दुवैवाट सञ्चालित अभियानहरू सत्ता स्वार्थवाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुदै गएको छ। यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरूले नयाँ ढंगले सोच्ने वेला भएन र ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu