Connect with us
Kapilvast Forest

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु : एमसीसी अनुमोदन प्रस्ताव पेश हुँदै

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ।

पहिलो बैठकले एमसीसीबारेको सामान्य छलफलको प्रस्ताव पारित गरेको छ। सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक सुरु भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी आजै पारित गर्नेगरी दोस्रो बैठक राख्नुभएको हो।

प्रतिनिधिसभाको बैठकबाट एमसीसीबारे सामान्य प्रस्ताव पारित भएपछि बानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्ले पारित गरेको हो। व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै एमसीसी पारित गर्ने तयारी सरकारले गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu