Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरको नेतृत्वमा मिर्जा 

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु – नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशनबाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ ।

आइतबार कृष्णनगर नगरपालिका वडा नं ३ मा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर अधिवेशनले उपाध्यक्षमा दिपेंद्र कुमार चौधरी, सचिवमा बदरे आलम मुसलमान, सह–सचिवमा ओम प्रकाश तेली, मुजक्कीर अहमद मुसलमानसहित ६१ सदस्यीय नगर कमिटी गठन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी गणेश बहादुर केसीले युवाहरु नै देशका भविष्य भएको बताउँदै यो भातृ संगठनले नेकपा एमाले पार्टीको सिद्धान्तप्रति समर्पित भई देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष बेगले व्यापारको शिलसिलामा विदेश बस्दै आउनुभएको थियो । उहाँ तीन वर्षदेखि नेपालमै रहीे उद्योग, व्यापार संचालन गर्नुको साथै नेकपा (एमाले) पार्टीमा रही निरन्तर पार्टी तथा जनताको बीचमा रही युवा, महिलाहरुलाई रोजगार दिने समाजका गरिब परिवारहरुलाई सहयोग गरि गरिब, परिवारको घरमा चुलो जलाउने गर्दै आउनुभएको दिपेंद्र कुमार चौधरीले बताउनुभयो ।

मिर्जा राशिद बेगले जनताको घर घरमा पुगी नेकपा एमाले पार्टीको निती सिद्धांतबारे जानकारी गराइ सयाँै युवा, महिला तथा व्यापारीहरुलाई आफ्नो पहलमा पार्टी प्रवेश गराई नेकपा एमालेलाई बलियों बनाउन पार्टी प्रवेश कार्यक्रमलाई सक्रिय बनाउने बताउनुभयो । उहाँले निरन्तर पार्टीको हकहितका लागि लाग्न प्रतिबद्धतासमेत जनाउनुभयो । आउने स्थानीय चुनावमा पूर्ण रुपमा संघले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बेगले बताउनुभयो ।

कृष्णानगर नगर कमिटी अध्यक्ष सन्दीप प्रताप मौर्याको अध्यक्षता, कपिलवस्तु जिल्ला राष्ट्रिय युवा संघ नेपालका सह–इन्चार्ज गणेश बहादुर केसीको प्रमुख आतिथ्यता, नेकपा एमालेका वरिष्ठ नेता मंगल प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता र राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रीय सदस्य शाह नवाबको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu