घरेलु फुटबलका नयाँ स्टार ऋतिक
काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टारमा यस सिजन राष्ट्रिय टिमका दुई खेलाडी थिए, अनन्त तामाङ र आयष घलान । अनन्त यस अघिदेखि थ्रीस्टारबाटै खेलिरहेका थिए भने आयुष घलान यसै सिजन थ्रीस्टारमा भित्रिएका थिए ।राष्ट्रिय टिममा डेब्यू गर्दै युवा उमेरमै गोल समेत गरेपछि आयुशको खुबै चर्चा भएको थियो । त्यसैले उनी ठूलो क्लब थ्रीस्टारमा अनुबन्ध भए ।
यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान बिक्रम लामा, निशान खड्का, सञ्जोक राई र हेमन्त थापामगर पनि थिए । हेमन्त पनि यसै सिजन थ्रीस्टारमा अनुबन्ध भएका हुन् । यसबाहेक पनि थ्रीस्टारले लिगका लागि अरु युवा खेलाडीहरु अनुबन्ध गरेको थियो ।
अहिलेका लागि भन्दा भविष्यका लागि सोचेर क्लबले खेलाडीहरु अनुबन्ध गरेको जस्तो देखिन्थ्यो । त्यसैमध्येका थिए २० वर्षका ऋतिककुमार खड्का । अहिले लिग सकिँदा थ्रीस्टारबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा उनको नाम पनि आउँछ ।