Connect with us
Kapilvast Forest

‘म खुसी छु, देश दुर्घटनाबाट बच्यो : दाहाल

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् ।

 

एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि दाहालले त्यसबारे सोमबार पत्रकार सम्मेलन मार्फत् स्पष्टीकरण दिएका हुन् । ‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’ उनले एमसीसी पारित भएकोमा आफु खुसी भएकाे बताए । ‘म खुसी छु, देश दुर्घटनाबाट बच्यो ।’

 

उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu