Connect with us
Kapilvast Forest

चेपाङको घरमा आगो लगाउनु निन्दनीय : राज्यमन्त्री प्रजा

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

हेटौंडा- चितवन राष्ट्रिय निकुञ्जले चितवनको माडी नगरपालिका कुसुम खोलामा चेपाङ समुदायको घर भत्काउने र आगजनी गरेकोप्रति बागमती प्रदेश सरकारका राज्यमन्त्री सन्तबहादुर प्रजाले असन्तुष्टि जनाएका छन् ।

वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखी सुकुम्बासी चेपाङको घर भत्काउनु र आगजनी गर्नु निन्दनीय भएको बताएका छन् ।

 

स्थानीय प्रशासन, प्रदेश र संघीय निकायसँग राय नलिई सरोकारवाला संघ संस्थाबीच छलफलसमेत नगरी गत आइतबार घर भत्काएर निकुञ्जले अमानवीय कार्य गरेको राज्यमन्त्री प्रजाले बताएका छन् ।

‘नेपालको संविधान २०७२ मा व्यवस्था भएको मानव स्वतन्त्रता, मौलिक हक, आदिवासी, जनजातिको आत्मनिर्णयको अधिकार, जल, जंगल, जमिनमाथि आदिवासीको अधिकार हनन् गर्दै निकुञ्ज प्रशासनले ज्याजति गरेको छ । सो विषयमा सरोकारवालाहरुबीच छलफल गरी घरबारबिहीनलाई तत्कालै आवासको व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदछौं’ राज्यमन्त्री प्रजाले पत्रमा भनेका छन् ।

 

उनले घर भत्काउने र आगो लगाउनेहरुमाथि आवश्यक छानविन गरी कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।राज्यमन्त्री प्रजाले माडीको सो क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि पटकपटक अन्याय भइरहेको भन्दै यो समस्या समाधान गर्न गम्भीरतापूर्वक छलफलका लागि वन मन्त्रालयलाई सुझाव दिएका छन् । निकुञ्जले घर भत्काइदिँदा १७ घरधुरी चेपाङ समुदाय घरबारविहीन भएको भन्दै उनीहरुलाई तत्काल बसोबासको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले वस्तीमा आगजनीको घटनाप्रति अत्यन्त दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले पीडित नागरिकलाई सान्त्वना दिई आवश्यक व्यवस्था गर्न वन मन्त्रालयलाई आग्रह गरेका छन् ।

हेर्नुस् पत्र-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu