Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगन्जका १ सय स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजनामा कोभिड-१९ मा खटिएको स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका कर्मचारीलाई सम्मान गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

 

सम्मान कार्यक्रमले कर्मचारीको आत्माबल बढाउने र काम गर्ने उर्जा उत्पन्न हुने भएकोले सम्मान गरिएको नगर प्रमुख अब्दुल कलामले बताउबु भयो ।

कोभिडको लडाइँमा आफ्नो ज्यानको प्रवाह नगरी नगरवासीको सेवामा खटिएको स्वास्थ्य कर्मी तथा अन्य कर्मचारी हरुको सम्मान कार्यक्रम सम्पन्न गरेको महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।55

कर्मचारीहरुको मनोबल बढाउनको लागि उहाँहरुको कामको उच्च मुल्यांकन गरि सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी ले बताउनु भयो ।

नगर प्रमुख अब्दुल कलामको अध्यक्षता, नगर उप प्रमुख शुभावती कुर्मीको प्रमुख अतिथिय्ता, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीको बिशिस्ट अतिथिय्ता सामाजिक बिकास समिति संयोजक सुशील कुमार चौधरीको बिशिस्ट अतिथ्यता, एम आई एस अपरेटर बृजेश यादवको स्वागत मन्तव्य तथा नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu