Connect with us
Kapilvast Forest

कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

नवलपरासी – नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअन्तर्गत आज ६९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद महतले कावासोती नगरपालिकाले गरेको याे कामले जनताबाट चुनिएका जनप्रतिनिधिले जनताको हरेक सुख दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिएको बताउनुभयो ।

नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले विपदले धेरै परिवार प्रभावित बनेको र कतिपयले ज्यान गुमाउनु पर्दा जनप्रतिनिधि लगायत सबैलाई दुःख लागेकेा बताउनुभयो । उहाँले बिस्तारै दुःखलाई बिर्सेर आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu