Connect with us
Kapilvast Forest

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी हुने

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु- नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानिय तहको निर्वाचनमा सहभागी हुने भएको छ । गत हप्ता कपिलवस्तुको शिवराज ९ शिवगढीमा बसेको १२ औँ केन्द्रिय कमिटिको पुर्ण बैठकले स्थानिय तहमा सहभागी हुने निणर्य गरेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचनामा पार्टीबाट चुनवामा सहभागी नहुने तर स्वातन्त्र उम्मेदवार वा अन्य पार्टीसंग तलमेल गरी अघी बढने बहुसंख्यक केन्द्रिय सदस्यहबाट सहमती भएको जनाइएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ ।


केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले पार्टीका महासचिव विप्लवले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै विगत ५ बर्षको अवधीमा संसदीय व्यवस्थाले देश र जनताका पक्षमा काम नगरेको र यो व्यवस्था पूर्ण रुपले असफल भएको निष्कर्ष निकालेको छ । महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले केही दिन भित्र काठमाण्डौमा पत्रकार सम्मेलन गरी १२ औा पुर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्ने छन ।

चैत्र ४ गते देखी सुरु भएको बैठकमो नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले राजनितिक प्रतिवेदन पेश गर्नुभएको थियो । ७२ जना सहभागी केन्द्रिय कमिटीको बैठक चैत्र १५ गते सम्म सन्चालन भएको थियो । स्थानिय तहको निर्वाचनमा सहभागी हुने की बाहिर बस्ने प्रस्तावमा पार्टीको तर्फबाट सहभागी नभएपनि अन्य विकल्प अनुसार स्थानिय तहको निर्वाचनमा सहभागी हुने विषयमा व्यापक छलफल चलेको थियो ।


१० दिन सम्म चलेको बैठकले पार्टीको सिद्धान्तलाई आम नेपाली सामु पुर्याउने उदेश्यले निर्वाचनमा सहभागी हुने केन्द्रिय सदस्यले बताउनु भयो ।बैठकमा सहभागी केन्द्रिय कमिटीले खाली समयमा स्थानियको खेतमा गई गहुँ काटेर सहयोग गरेको थियो ।संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह गर्ने पार्टीको मूल मान्यतालाई कायम गर्दै अघि बढ्ने बारेमा छलफल भएको छ ।

साथै असफल भएको संसदीय व्यवस्थाका विरुद्ध प्रचारका कार्यक्रम गर्ने पनि सो दलले निर्णय गरेको छ । निर्वाचन आयोगमा पार्टी दर्ता नै नभएको अवस्थामा चुनावमा जाने कुरा नै सान्दर्भिक नहुने भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu