सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ – सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउ १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।