Connect with us
Kapilvast Forest

रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं -नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर चुनाव उनी पराजित हुन पुगेकी थिइन् ।

 

मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौँ, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँ रहेका छन् । यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu