Connect with us
Kapilvast Forest

स्वास्थ्य स्वयमसेविकाले बुझाए शिवराज नगरपालिकालाई ज्ञापन पत्र

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका महिला स्वास्थ्य स्वयमसेविका संघले आज शिवराज नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । शिवराज नगर भित्रका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराइलाइ ज्ञापन पत्र बुझाएको महिला स्वास्थ्य स्वयमसेविका डिफन्ट प्रतिनिधि लक्ष्मि पोख्रेलले जानकारी दिनु भयो ।

स्वास्थ्य स्वयमसेविकाहरुले नगरपालिकासँग ११ बुँदे मागसहित ज्ञापन पत्र पेस गरेका छन्। महिला स्वास्थ्य स्वयमसेविका संघ शिवराज नगर कमिटीले आज बुझाएको ज्ञापन पत्रमा उपचारात्मक एवम निशुल्क स्वास्थ्य सेवाको ब्यवस्था गरीनु पर्ने ।

तथा जनसंख्या विभाग स्थापना गर्नुपर्ने, स्वास्थ्य सेवामा खटिने स्वयमसेविकाहरुलाइ चाडर्पको लागि उचित रकम छुट्याउनु पर्ने सबै अस्पतालको फार्मेसी हुनुपर्ने, स्वास्थ्यकर्मीको बीमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । ६० वर्ष पुगेका महिला स्वयमसेविकाहरुलाइ विदाई गर्दा कम्तिमा तिन लाखदिने ब्यवस्था मिलाउनु पर्ने एवम स्वास्थ्य सेवाको क्षेत्रमास्वयमसेविकाहरुलाई प्रोत्साहन भत्ताको ब्यवस्था गरीनु पर्ने लगायतका माग गरेका छन।

नगर नगर प्रमुख नेत्रराज अधिकारी र स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराइलाइले ज्ञापन पत्र बुझ्दै उचित मागको सम्बोधनका लागि आफुले प्रयास गर्ने बताउनु भएको महिला स्वास्थ्य स्वयमसेविका संघ शिवराज नगर समितीकि अध्यक्ष बालिका अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu