Connect with us
Kapilvast Forest

कांग्रेसको चुनावी अभियान २ साता पछि सर्ने

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको चुनावी अभियान केही समय पछि सर्ने भएको छ । शुक्रबार ९फागुन २००देखि सुरु गरिने अभियान करिब दुई सातापछि सर्ने भएको छ। फागुन २० देखि चैत २० सम्मका लागि तोकिएको अवधि परिमार्जन गर्न लागिएको हो।

चुनाव केन्द्रित प्रसारका लागि ‘घर(घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो। कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ। अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने बताइएको छ ।

 

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एसमीसी)नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । ‘एमसीसी अनुमोदनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्यो। ‘अभियानका लागि तयारी पुगेन’ महामन्त्री शर्माले भन्नु भयो ’चैतको पहिलो साताबाट अभियान सुरु गर्न हुन्छ।’

देशभरका सबै वडामा अभियान सुरु गरी घर(घरमा कांग्रेस कार्यकता पुगेर पार्टीको व्यापक प्रचार गर्ने तयारी गरिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu