Connect with us
Kapilvast Forest

कांग्रेसले राष्ट्रघात गर्न जानेको छैन : महामन्त्री शर्मा

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौँ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन् । उनले राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले राष्ट्रघात गर्‍यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताए ।

 

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले मात्रै सुरुदेखि नै एमसीसीका बारेमा प्रष्ट धारणा राखेको बताए ।

 

‘फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो,’ उनले भने, ‘कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत हुनुभयो । तर, उहाँहरू नै बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ । कमरेड केपी ओली आफैँले मन्त्रिपरिषद्‌बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्‌मा दर्ता गराउनुभएको थियो । अहिले संसद्‌मा उहाँहरूले चार घण्टा नारा लगाउनुभयो । तर, एमसीसीकाबारेमा एक शब्द बोल्नुभएन ।’

‘कांग्रेसलाई एमसीसी पास गरौँ । तर, यो चुनाव सकेरमात्रै पास गरौँ भन्ने प्रस्ताव आएकै हुन्,’ महामन्त्री शर्माले अघि भने, ‘ए बाबा अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनवापछि गर्दा राष्ट्रघाती नहुने कसरी हुन्छ ? राष्ट्रघात हो भने त चुनाव अघि गरेपनि त्यही हो, पछि गरे पनि त्यही हो । त्यसैले म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, कांग्रेसले राष्ट्रघात गर्दैन, राष्ट्रघात गर्न जानेको छैन ।’

उनले एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरेको, तर कांग्रेसले ती युवाको भविष्यबारे सोचिरहेको दाबी गरे ।

 

शर्माले नेपालमा पनि युक्रेनमा रुसले गरेजस्तै अवस्था आउन सक्ने भनेर प्रचार गरिएकोमा युक्रेन र नेपालको अवस्थामा धेरै फरक रहेको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu