Connect with us
Kapilvast Forest

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५० पुग्यो

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

pertole

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो  ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । त्यस्तै, डलरको बिनियम दर पनि बढेको छ । डलरको मूल्यले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा असर पार्छ । बिहीबार एक डलर बराबर १२१.४३ रुपैयाँ बिनिमयदर ताेकिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu