Connect with us
Kapilvast Forest

कच्चा तेलको भाउ १२० डलर नजिक

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं – कच्चा तेलको मूल्य सन् २०१२ यताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार अमेरिकाको ब्रोन्ट क्रुड फ्यूचर्स ६.१% ले बढेर प्रतिब्यारेल ११९.७८ अमेरिकी डलर पुगेको छ । जुन सन् २०१२ मे महिना यताकै उच्च हो । यस्तै, ‘युएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड’ पनि ५.३% ले बढेर प्रतिब्यारेल ११६.४१ डलर पुगेको छ । यो सन् २००८ यताकै उच्च हो ।

रुसी तेल रिफाइनरीहरुलाई लक्षित पछिल्लो आर्थिक प्रतिबन्ध तथा आपूर्ति अवरोधका कारण तेलको भाउ अझै माथि जानसक्ने अनुमान गरिएको छ । रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । साथै, रुस विश्व बजारमा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता हो । रुसले डिसेम्बर महिनामा मात्रै प्रतिदिन ७८ लाख ब्यारेल कच्चा तेल र तेलजन्य उत्पादनहरु निर्यात गरेको थियो ।
Post Your Comment

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu