Connect with us
Kapilvast Forest

कोरोना महामारीमा लागू भएका सबै प्रतिबन्ध हटे

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-कोरोना रोकथामका लागि काठमाडौंमा लागू भएका प्रतिबन्ध पूर्ण रुपमा हटाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी गराएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गर्दै यसअघि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था पूर्ण रुपमा हटाइएको जानकारी दिनुभएको हो। जिल्ला प्रशासन कार्यालयले फागुन २१ गतेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको थियो।

शनिबारबाट काठमाडौंमा प्रचललित कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिकलगायत क्रियाकलाप मापदण्ड पालना गरेर गर्न भनिएको छ। यसअघि जारी भएका आदेशमा भएका प्रतिबन्धात्मक व्यवस्था पूर्ण रुपमा हटाइएको जानकारी गराइन्छ’, आदेशमा भनिएको छ, ‘कोरोना महामारीको कठिन समयमा जारी आदेशको परिपालना गरेर संक्रमण रोकथाममा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गर्दछु।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu