Connect with us
Kapilvast Forest

बाँके कांग्रेसको सभापतिमा गौंडेल निर्वाचित

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

बाँके- नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित हुनु भएको हो ।

गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताउनु भयो । बिहीबार तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नपाएकाले सभापतिका लागि शुक्रबार पुन मतदान गरिएको हो ।

सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए । बिहीबार भने १ हजार ४ सय ४५ मत खसेको थियो ।

जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार बिहीबार खसेको १ हजार ४ सय ४५ मतमध्ये नारायणप्रसाद गौंडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu