Connect with us
Kapilvast Forest

कांग्रेस, एमाले र माओवादीले संसद्‌बाटै देश बेचे : विप्लव

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संसद्‌बाट देशलाई बेचेको आरोप लगाएका छन्।

काठमाडौँको खुलामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले फागुन १५ गते नेपाली जनतामाथि घात भएको बताए। ‘फागुन १५ गते एउटा घटना घटेको छ, यो राष्ट्र र जनतामाथिको घात हो’, उनले भने, ‘१६ गतेको नेपाल बन्द र आज २० गतेको विरोध सभा संसद्‌वादी दल र उनीहरूका काला अनुहारविरुद्धको अभियान हो।’

‘कुनै वेला तरबार र ढाल लिएर, त्यसपछि तोप लिएर कुनै देशमाथि नियन्त्रण कायम गरिन्थ्यो’, उनले भने‚ ‘आजको तरिका फरक छ, एमसिसी भूमण्डलीकृत पुँजीवादको एउटा स्वरूप हो।’

एमसिसी अनुदान नभएको भन्दै उनले नेपालको क्रान्तिकारी आन्दोलनलाई सिध्याउने षड्‌यन्त्र भएको टिप्पणी गरेका छन्। ‘यो साम्राज्यवादको नमुना हो, अनुदानसहितको हस्तक्षेपकारी नीति उपनिवेशमा बदल्ने योजना हो’‚ उनले थपे।

साना देशलाई नियन्त्रण गर्ने अमेरिकाको योजना केपी, प्रचण्ड, माधव र बाबुरामले बुझे पनि सत्तामोहका कारण चुपचाप स्वीकार गरेको उनले उल्लेख गरे। २–४ जना मन्त्रीको पद जोगाउन, आगामी चुनावमा केही सिट ल्याउन माधव नेपाल र प्रचण्डले जनतालाई धोका दिएको उनको दाबी छ।

‘यो संसद्‌ले सार्वभौमिक शक्तिको हैसियत गुमाएको छ, नेपाली जनता एमसिसीलाई फिर्ता गर्न चाहन्थे तर संसद्‌वादी दलहरूले संसद्लाई साम्राज्यवादीहरूको कठपुतलीको रूपमा बदले। त्यसैले यसले गरेको निर्णय सार्वभौमिक स्वीकार्य हुँदैन’‚ विप्लवले भने।

एमसिसी कुनै पनि हालतमा कार्यान्वयन नहुने उनले स्पष्ट पारेका छन्।एनसेलबाट उठ्नुपर्ने ७२ अर्ब रुपैयाँमा केपी ओली र प्रचण्डले २२ अर्ब खाएको आरोप लगाएका छन्। ५० अर्ब उठाउनुको सट्टा ५५ अर्बको एमसिसी संसद्‌बाट अनुमोदन गरेको भन्दै उनले आक्रोश व्यक्त गरे।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu