Connect with us
Kapilvast Forest

नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदै

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं – आइसिसी विश्व कप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा रहेको राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदैछ। राष्ट्रिय टोली शनिवार बिहान श्रीलंका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार नै बिदाइ गरिएको छ। क्यानले आयोजना गरेको बिदाइ कार्यक्रममा युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरे।

मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आइसिसी विश्व कप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ।

नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन्।

त्यसैगरी मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो विक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा समेत श्रीलंका जादैंछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu