कुमारी बैंकले लुम्बिनी जनरल इन्सुरेन्सको १ लाख २२ हजार कित्ता सेयर लिलामीमा बेच्दै
काठमाडौं- कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले फागुन ३० गतेदेखि १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गर्न लागेको हो । यसमा चैत १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंमा बुझाउन सकिनेछ ।