Connect with us
Kapilvast Forest

ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गयाे

२०७८, २३ फाल्गुन सोमबारमा प्रकाशित

file death

काठमाडौं- ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

ललितपुरको कोञ्ज्याेसोम गाउँपालिका-४ नल्लुका काइँली स्याङ्तानको परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना भने बेहोस अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उपचारका लागि उनलाई अस्पताल लगिएकाे छ ।

उनीहरु आज बिहान बेहोस भएको अवस्थामा भेटिएका थिए । प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहकाअनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहाेस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu