एमालेले गर्यो एकै दिन शिवराज ५मा दुई वटा टोलमा कमिटी गठन

कपिलवस्तु-नेकपा एमालेले शिवराज नगरपालिका वडा न ५ मा आज एकै दिन दुई वटा टोलमा टोल कमिटी गठन गरेको छ । पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत आज शिवराज नगरपालिका वडा नं ५ कर्णेश्वरी टोलमा पदमराज पौडेलको अध्यक्षतामा ११ सदस्यिय र वडा न ५ को समाबेसि टोलमा ओम बहादुर थापा को अध्यक्षता मा १५सदस्यीय टोल कमिटी गठन गरेको हो ।
शिवराज नगरपालिका वडा नं ५ कर्णेश्वरी टोलमा पदमराज पौडेलको अध्यक्षतामा गठन भएको टोल कमिटीको उपाध्यक्षमा एलिशा आचार्य , सचिव अरुण सेन ,सहसचिवमा लक्ष्मण भट्टराई खिमराज खनाल र सदस्यमा महेश पाण्डे ,सलमान ईद्रिसी मञ्जर अलि , अभय शाह ,र सलमान खान चयन हुनु भएको छ ।
त्यस्तै समाबेसि टोलमा गठित टोल कमिटिको उपाध्यक्षमा मक्सुद खान ,सचिवमा सुधा अधिकारी , उप सचिबमा सालिक राम पौडेल र ज्ञान बहादुर बैजालि सहित १५ सदस्यिय रहनु भएको छ । नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ वडा कमिटी अध्यक्ष कृष्ण काकीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य ओमप्रकाश भण्डारी, जिल्ला परिषद सदस्य गणपति घिमिरे शिवराज नगर उपाध्यक्ष महादेव पोखरेल , नगर सदस्य गोपाल बन्जाडे , नवराज न्यौपाने,नेत्र बेल्बासे , रणदिप खतिवडा ,अब्दुल रहमान राई ,सिता रेग्मी ,अनेराश्वियु कपिलवस्तु जिल्ला कोषाध्यक्ष राहुल यादव लगायतको उपस्थिति रहेको थियो ।