Connect with us
Kapilvast Forest

एमसीसी विवाद समाधान गरेर पार्टीलाई एकतावद्ध गर्‍यौं : प्रचण्ड

२०७८, २३ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनले पार्टीमा देखिएको समस्या हल भएको बताएका छन् ।

सोमबार सकिएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीलाई लिएर जो सदस्या देखा परेको छ, मिडियामा अतिरञ्जित प्रचारहरु पनि देखिएको थियो । तर हामीले धैर्यतापूर्वक, रचनात्मक ढंगले समाधान गर्‍यौं र पार्टीलाई एकतावद्ध गरेका छौं ।’

 

बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनबारे नेताहरुलाई फरक मत राख्न दिने र स्थानीय चुनावपछि २० जेठमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने सहमति भएको छ ।अब पार्टी एउटै कार्यक्रम लिएर आफूहरु चुनावमा जाने प्रचण्डले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu