Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं -नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए।

बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। बैठक ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।

नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu