टी–२० वरीयतामा कुशलको स्थान पुनः सुधार
काठमाडौं-आईसीसी टी–ट्वान्टी वरीयतामा कुशल भुर्तेलको स्थान पुनः सुधार भएको छ ।आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार ब्याटिङतर्फ कुशल दुई स्थानमाथि उक्लदै २९औं स्थानमा पुगेका छन् ।
उनी यस अघि ३१औं स्थानमा रहेका थिए । बलिङतर्फ अविनाश बोहरा ८२ औं स्थानबाट एक स्थान माथि उक्लीदै ८१औं स्थानमा पुगेका छन् ।यस्तै ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी भने ५१औं स्थानमा यथावत रहेका छन् ।
साथै, बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछाने एक स्थान तल झरेका छन् ।३६औं स्थानमा रहेका सन्दीप ३७औं स्थानमा झरेका छन् ।