Connect with us
Kapilvast Forest

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने

२०७८, २६ फाल्गुन बिहीबारमा प्रकाशित

 

 

काठमाडौं – सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स(दोहोरी(क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

 

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाउनु भएको थियो ।

कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताउनु भयो ।पछिल्लो समय नेपालमा स्थान अनुसार कतै प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu