ओलीलाई विश्वप्रकाशको आग्रह : मतपत्रको रङबाट नतर्सिऔं
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रको रङ देखेर नतर्सिन आग्रह गर्नु भएको छ ।
निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरेको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई फाइदा हुने गरी चुनाव चिह्न हरियो बनाउन खोजेको भन्दै आयोगको आलोचना गरिरहनु भएको छ ।
बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले ओलीलाई मतपत्रको रङ भन्दा आफ्नो ढंग सच्याउन सुझाव दिएनु भएको थियो । ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला रु त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला’ उहाँले भन्नु भयो ।मतपत्रको रङ कस्तो बनाउने भन्ने निर्णय निर्वाचन आयोगले स्वतन्त्र रुपमा गर्न सक्ने महामन्त्री शर्माले बताउनु भयो ।
‘निर्वाचन आयोगले मतपत्रको कुन रङ राख्ने भनेर निर्णय गर्नेसम्म स्वतन्त्रता राख्दैन उसले विवेक पुर्याएको मान्नुपर्दैन उसले विगतमा भएका रातो, हरियो, कालो मध्ये कुनै एक रङ राख्दै गर्दा परम्परालाई उसले पालना गरेको होइन यो विषयमा प्रवेश गर्नुभन्दा हामी राजनीतिक दल वहस गरौं’ उहाँले भन्नु भयो ।