एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल
काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारी खिमलाल भट्टराईलाई दिएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गर्नु भएको हे ।
यसअघि, राष्ट्रिय सभामा संसदीय दलको नेता रहेका सुमन प्याकुरेल हुनुन्थ्यो र उहाँको पदावधि २० फागुनमा सकिएको थियो । प्याकुरेल पदमुक्त भएपछि यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो ।
एमालेले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई चयन गरेको छ । संघीय संसद सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा संसदीय दलका नेता र प्रमुख सचेतक चयन गरेको पत्र सचिवालयमा पठाउनु भएको छ ।