हात्तिपाईले रोग नियन्त्रको अभियान सफल पारौं : नगर प्रमुख शाह
कृष्णनगर-
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फाइलेरिया विरूद्ध जनचेतना कार्यक्रममाबोल्दै नगर प्रमुख शाहले यो अभियान सबै मिलेर सफल पार्नुपर्ने र गर्भवती महिला तथा दुई बर्ष भन्दा कमका बाल बालिका बाहेक हरेक व्यक्तिले फलेरियाको औषधि खाने र सबैलाई यस रोग बाट बचाउने कार्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी हरूका तर्फबाट बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने बताउनु भयो ।