अर्घाखाची- “शितगंगाको सान खेलमैत्री नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शितगंगा नगरपालिकामा मेयरकप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । शितगंगा नगरस्तरीय खेलकुद समितिको आयोजनामा यहि फागुन २९ गते देखि शितगंगा नगरपालिकाको खेल मैदान रजियामा खेलकुद सञ्चालन हुन लागेको हो । खेलकुदको तयारी तिव्र रुपमा भइरहेको समितिका अध्यक्ष मान बहादुर सिंजापतले जानकारी दिनु भयो ।
प्रतियोगितामा पुरुष तथा महिला भलिवल प्रतियोगिता ,पुरुष तथा महिला ८ सय र ४ सय मिटर दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
खेलमा पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार २० हजार र शान्तवना पुरस्कार १० हजार रहेको छ । महिला भलिवल तर्फ प्रथम १० हजार ,दोस्रो ५ हजार तेस्रो ३ हजार रहेको छ । दौड तर्फ ८ सय मिटर पुरुष तर्फ प्रथम ५ हजार, दोस्रो ३ हजार र तेस्रो २ हजार रहेको छ भने महिला तर्फ ८ सय मिटरमा प्रथम पुरस्कार प्रथम ५ हजार ,दोस्रो ३ हजार र तेस्रो २ हजार पुरस्कार रहेको छ । यस्तै पुरुष र महिला ४ सय मिटर तर्फ प्रथम ३ हजार , दोस्रो २ हजार र तेस्रो १ हजार रासीको पुरस्कार रहेको छ । खेलकुदमा उत्कृष्ट खेलाडी ,अनुशाशित खेलाडि, हरुलाइ समेत पुरस्कृत गरिने छ ।