Connect with us
Kapilvast Forest

कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोड कर छली मुद्दा

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं – राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेड कोकाकोला विरुद्ध कर चुहावटको मुद्दा दायर गरेको छ।

विभागले बोटलर्स नेपालविरुद्ध उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागले विज्ञप्तिमार्फत जनाएको छ।

बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

विभागले बोटलर्स नेपालबिरुद्ध पूँजीगत लाभकर छलीसम्बन्धमा अनुसन्धान गर्दै आएको थियो। बोटलर्स नेपाल लिमिटेडमाथि आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu