Connect with us
Kapilvast Forest

एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन : ओली

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि अहिलेको सरकारले रोकेको दावी गरेका छन् ।

शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउँदै उनले नागरिकता विधेयक फेरि आफूहरुले नै अघि बढाउने दावी गरे ।

 

‘नागरिरकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ’ उनले भने ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको थियो । तर सर्वोच्च अदालतले महत्वपूर्ण विषयमा अध्यादेशमार्फत निर्णय गर्नु उचित नहुने भन्दै नागरिकता विधेयक अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

 

अध्यक्ष ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभई जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गरे ।

‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो । जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा मधेशमा विकास निर्माणको काम अघि बढाएको पनि बताए । ‘हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरुलाई चौडा गर्ने काम गरेका छौं’ उनले भने, ‘हामीले महानगर, नगर र शहरहरुलाई चक्रपथद्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरु आयोजनाहरु राख्ने, स्मार्ट सिटीहरुको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरु गरेका थियौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu