Connect with us
Kapilvast Forest

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत चयन ,काे-काे छन् पदाधिकारी ?

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् । प्रेस चाैतारी नेपालकाे नवाै महाधिवेशनले बस्नेतलाई सर्बसम्मत रुपमा चयन गरेको हो ।

उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका हुन् । त्यस्तै, महासचिवमा हिरामान लामा चयन भएका हुन् भने उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।

 

त्यसैगरी सचिबहरुमा बिस्णु तारुके बागमती, हरि बल्लब नेपाल प्रतिस्ठान, बिक्रम लुइँटेल प्रदेश नं १, लोकसरी कुंवर सुदूरपश्चिम, बिष्णु शर्मा कर्णाली, सुश्मा पौडेल गण्डकी, कमल उपाध्याय मधेस प्रदेश, प्रदिप आचार्य लुम्बिनी प्रदेश चयन भएका हुन् । कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।पोखरामा भएको प्रेस चौतारीको ९ औं महादिवेसनमा बस्नेतको अध्यक्षतामा १५१ केन्द्रिय कमिटी चयन भएकाछन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj