Connect with us
Kapilvast Forest

शितगंगा १३ मा कांग्रेस कार्यक्रता भेला सम्पन्न

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

अर्घाखाँची-नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिअर्घाखाँचीको निर्देशन, क्षेत्रीय कार्यसमिति तथा सितगङ्गा नगर कार्यसमितिको सहजीकरण तथा सितगङ्गा नगरपालिका वडा नम्बर १३ को आयोजनामा अगुवा कार्यकर्ता भेला तथा जनजागरण अभियान सप्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै महाधिवेशन प्रतिनिधि तथा सितगङ्गा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा घर घर जाउ नेपाली काङ्ग्रेसलाइ जिताउ भन्ने अभियानलाइ सफल पर्न सबै नेता तथा कार्यकर्तालाइ निर्देशन दिनुभयो । साथै अबको निर्वाचनमा काङ्ग्रेस विगतको चुनावमा जस्तै एक ठिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विषिस्ठ अतिथि नेपाली काङ्ग्रेसका पुर्व जिल्ला कार्यसमिति सचीव छविलाल पौडेलले कुनै पनि हालतमा आपसी तुस तथा बेमेलका कुरा त्यगि सर्वसम्मत रुपमा उमेदवार छान्नु पर्ने र एकता बद्ध रुपमा अघि बढ्नु पर्ने प्रतिबद्धता जायर गर्नु भयो ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य बाबुराम गैरे, जिवा पौडेल, प्रदेश सभा ९ख० क्षेत्रीय सह सचीव नारायण बन्जाडे, प्रदेश सभा ९ख० प्रदेश महाधिवेशन प्रतिनिधि राजन के सि, सितगङ्गा नगरपालिकाका सभापति मोहन पन्थी, पुर्व सभापति मोति बेल्बासे, नगर सचीव चन्द्रमणि बेल्बासे, नगर सदस्य नुन बहादुर बि सि, कमल प्रसाद ढकाल, विष्णु बि सिले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
१३ नम्बर नेपाली काङ्ग्रेस वडा कार्यसमिति का सभापति तारापति बि सि को सभापतित्व महाधिवेशन प्रतिनिधि तथा सितगङ्गा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीको प्रमुख अतिथ्यता, नेपाली काङ्ग्रेसका पुर्व जिल्ला कार्यसमिती सचीव सचीव छविलाल पौडेलले विशिष्टअतिथ्यता, क्षेत्रीय प्रतिनिधि तारापति बि सि को स्वागत मन्तव्य तथा हरि प्रसाद भट्टराईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu