Connect with us
Kapilvast Forest

२ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाबाट फेरि नेपाली श्रमिाकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो ।

तर, गत २८ जनवारीदेखि मलेसियाले विभिन्न क्षेत्रमा श्रमिक लिन सुरु गर्ने निर्णय गरेको थियो । अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन सुरु गर्ने बताएको छ । अब दुई बर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुला हुने भएको छ । मन्त्रालयले कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

 

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेपछि मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको हो ।
खाडीका देशहरुले श्रमिक लिन थाले पनि मलेसिया बन्द हुँदा थुप्रै श्रमिक मर्कामा परेका थिए । मलेसियाको यही नीतिका कारण कतिपय श्रमिक मलेसियाबाट फर्किन पनि सकेका थिएनन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu