Connect with us
Kapilvast Forest

एन्फा कार्यसमिति बैठक बुधबार, असन्तुष्ट क्लबको मुद्दा समेटिएन

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले आइतबार पत्र काट्दै कार्यसमिति सदस्यलाई बैठकमा उपस्थितिका लागि सूचित गरेका छन् ।

 

बुधबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्समा बस्ने बैठकमा एन्फाको निर्वाचन र विशेष साधारण सभा सम्बन्धमा छलफल हुने बताइएको छ । तर, घरेलु फुटबलमा अहिले चर्किएको सहिद स्मारक ए डिभिजन लिगका क्लब र नेपाल सुपर लिग (एनएसएल) बीचको विषयले भने स्थान पाएको छैन ।

“हामीलाई एजेन्डा प्राप्त भएको छ तर हाल बिबादित बनेको मुद्दा नै एजेन्डामा समेटिएको छैन । एनएसएल र असन्तुष्ट क्लब वार्ता गर्न तयार रहेको अवस्थामा एजेन्डा राखिनु पर्ने हो ।” कार्यसमितिका एक पदाधिकारीले भने ।एनएसएलको दोस्रो संस्करणको तीव्र तयारी हुँदै गर्दा केही क्लबहरूले खेलाडीको विषयलाई लिएर यसको विरोध गरिरहेका छन् । यसै सम्बन्धमा २० गते भएको अक्सन रोक्न एन्फाले निर्देशन दिएको थियो । यद्यपि, कार्यसमितिकै सदस्यले संस्थागत निर्णय नभएको बताएका थिए ।

एन्फाको निर्देशनका बाबजुद अक्सन भएको थियो । त्यस बेला ए डिभिजन लिगका ८ क्लबले असन्तुष्टि जनाएका थिए । तर, आजको पत्रकार सम्मेलनसम्म आइपुग्दा चार क्लब मात्रै यसमा अडिग देखिएका छन् । यसअघि सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, न्युरोड टिम (एनआरटी), मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लबले पटक पटक संयुक्त विज्ञप्ति निकालेका थिए । तर, आज आयोजित पत्रकार सम्मेलनमा चार क्लब– मनाङ, थ्री स्टार, संकटा र एनआरटी मात्रै उपस्थित रहे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu