Connect with us
Kapilvast Forest

कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा :३गते देखि महोत्सव लाग्ने

२०७८, १ चैत्र मंगलवारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।

मंगलबार आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको करिब ९५ प्रतिशत तयारी पूरा भइसकेको र महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम धमाधाम अघि बढिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिनुभयो । महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माणको काम सकिएको र बुर्ज खलिफाको स्वरुपमा ढालिएर बनाउन लागिएको मूलगेटको काम पनि अन्तिम चरण रहेको उहाँले बताउनुभयो । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम गरि सकिएको उहाँले बताए । उहाँका अनुसार महोत्सव स्थलमा २ सय ८० वटा स्टलहरु रहने छन् ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण सावित हुने उहाँको दाबी छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुलाई महोत्सव स्थलमा प्रदर्शनका लागी निशुल्क स्टलको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले महोत्सव कपिलवस्तुको मान, प्रतिष्ठान एवम् शानको रुपमा रहने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘समग्र कपिलवस्तुको शानको रुपमा १२ औं कपिलवस्तु रहन्छ । सोही अनुुसार काम भईरहेको छ ।’ अध्यक्ष घिमिरेले कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा अहिलेको कमजोर आर्थिक अवस्थालाई माथि उठाउन समेत महोत्सव महत्वपूर्ण सावित हुने बताउनुभयो ।

महोत्सवको गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।यस्तै पत्रकारहरुले यस महोत्सव सफल हुदाँ कपिलवस्तुवासी नै सफल हुने भन्दै महोत्सवलाई सव्य र भव्य रुपमा सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, कपिलवस्तु पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यको प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगर, संघका निवर्तमान अध्यक्ष उपानाथ पौडेल लगायतका संघका पदाधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव मनोज पौडेलले गर्नुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu