Connect with us
Kapilvast Forest

जर्वरजस्ती टिका लगाएर एमाले प्रवेश गराएको प्रति थारुको आपती

२०७८, २ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालीका वडा न ३ मदवाका कांग्रेस कार्यकर्ताले आफुलाई एमाले प्रवेश गरेको भनी प्रचार भएकोमा ध्यानाकर्षण भएको वताएका छन । मदवा निवासी नेपाली कांग्रेसका स्थानीय क्रियाशिल नेता हरिराम थारुले एमालेमा प्रवेश गरेको भनेर सामाजीक संजालमा आएको टिप्पणी प्रति आफनो गम्भीर ध्यानाकर्षण भएको वताएका छन ।

थारुले एक प्रेस विज्ञप्ति सार्वजनीक गदै शिवराज नगरपालीकाको उपप्रमुख शिवकुमारी थारु र वडा अध्यक्ष टेकलाल सापकोटाले वाटो निर्माणको विषयमा छलफल भनी वोलाएर जर्वरजस्ती टिका लगाएर फोटो खिचेर सामाजीक संजालमा एमाले प्रवेश गरेको सामाचार प्रकाशित भएको प्रति आपती रहेको वताएका छन ।

उनले विज्ञप्तिमा भनेका छन म लगाएत मेरा साथिहरु एमाले प्रवेश गरेको भनिएको प्रति मेरो आपति छ ,म नेपाली कांग्रेसको क्रियाशिल र सक्रीय कार्यकर्ता रहेको र कांग्रेस छाडेर यताउती नगएको जनाउदै पार्टिप्रति प्रतिवद्ध रहेकाले भ्रमको पछाडी नलाग्न आग्रह गरेका छ, ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj