अन्तत : प्रकाश सपुतले हटाए पीरबाट याैनकर्मिकाे दृश्य
काठमाडौ – गायक प्रकाश सपुतले आफ्नो ‘पीर’ गीतको भिडियोबाट ‘यौनकर्मी’को दृश्य हटाएका छन्।
जनयुद्धकालीन योद्धाहरूको जीवनगाथालाई लिएर बनाइएको गीतका लागि उनको भिडियो कथामा एकजना महिला लडाकुलाई ‘यौनकर्मी’का रूपमा देखाइएको थियो।
गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो। उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए।
गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन्। जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ।