Connect with us
Kapilvast Forest

निर्वाचनमा भाग लिनुस् वातावरण सरकारले बनाउनेछ

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

सीता डोटेल- नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा सहभागी हुन सबै दललाई आह्वान गर्नुभएको छ । राष्ट्रिय राजनितिमा आउन नसकेका साना दललाई पनि निर्वाचनमा सहभागी हुन पाल्पाको रामपुर नगरपालिका प्रशासनिक भवनको उद्घाटनलाई सम्बोधन गर्दै आग्रह गर्नुभयो । उनीहरुको देशप्रतिको समर्पणलाई सम्बोधन गर्दै
चुनाब चिन्ह दिइनुपर्छ, अध्याधेस ल्याएर पनि निर्वाचनमा भाग लिने वातावरण सरकारले बनाउने उहाले बताउनुभयो । लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै स्थानीय चुनाबमा भाग नलिएकालाई भाग लिन आग्रह गर्दै उहाँले भन्नुभयो- हिंसा र द्धन्दको अबस्थालाई बिसाएर शान्तिको मार्गमा निर्वाचनमा सबै दल आउनुहुनेछ म बिश्वस्त छु ।

नेपाली काग्रेंसले जनताको पक्षमा सदैव काम गरेको बताउदै मन्त्री खाँणले काग्रेंस नेतृत्वमा आदरणीय शुशिल कोइरालाले ल्याउनुभएको संविधानले जनताको हक अधिकार प्रदान गरेको स्मरण गर्दै स्थानीय सरकारको भवनपछि थप विकास र प्रशासनिक काम चुस्त दुरुस्त हुने बताउनुभयो ।

५ करोड ७० लाख २७ हजार ४ सय २३ रुपया लागत सम्झौतामा बनेको ४ तले भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका छुट्टाछट्टै कक्ष छन् । आयुर्वेद शाखा र पशु विकास सेवाको छुट्टै आफ्नै भवन छ । ४७३ बर्ग मिटरमा फैलिएको भवनमा ३५ कोठा छन् । सहज सेवाका लागि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतको रकम बिनियोजन गरि प्रशासनिक भवन निर्माण गरेको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

२०७४ असार ३० गते शिवको कन्ट्रक्सन प्रालि बबरमहल काठमाडौं सँग सम्झौता भएर २ बर्षमा २०७६ साल असार ३० मा सम्पन्न हुनुपर्ने भएपनि रकम अभाव र कोभिडको असरले गत असार मसान्तमा भवन निर्माण सम्पन्न भएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो । सुविधा युक्त भवन बनेसँगै नगरपालिकाले प्रवाह गर्ने सेवा थप सहज र सरल हुने उहाँले बताउनुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ साल श्रावण ३१ को निर्णयबाट ३० बर्षका लागि यो जग्गा लिजमा पाएको हो ।
रामपुर नगरपालिका नेपाल सरकारले २०७१ साल बैशाख २५ गते ७२ नगरपालिका घोषित हुँदा स्थापना भएको नगरपालिका हो । साविक रामपुर गाविस हुँदाको १ तले भवनलाई ३ तलाको बनाई काम गर्दै आएकोमा सेवा दिन असहज भएपछि विगत २ बर्ष यता सम्झौता अनुसार मालपोत कार्यालयको दोेस्रो तलामा पनि सेवा विस्तार भएको थियो । भवन अभावमा नगरपालिकाका बिषयगत कार्यालय भवन नै छुट्टाछुट्टै हुँदा छिटो छरितो सेवा दिन सकिरहेको थिएन । १० वटा वडा रहेको रामपुर नगरपालिकामा भवन अभावले नागरिक प्रमुखसँगको सेवा लिन एक भवन र उपप्रमुखसँगको सेवा लिन अर्काे भवनमा रहेको कक्षमा पुग्नुपर्दथ्यो भने बिषयगत शाखाहरु पनि फरक–फरक स्थानमा साघुरिएका थिए । झण्डै ३ महिना यता नवनिर्मित भवनबाट सेवा सञ्चालन भइरहेको छ ।

जिल्ला सदरमुकाम बाहिरको एक मात्र नगरपालिका रामपुर नगरपालिका साविक रामपुर, दर्छा, गाँडाकोट, खालिवन र गेझा गाविस समेटेर घोषित भएको हो । जुन १२३.३४ वर्ग कि.मि.मा फैलिएको छ । जिल्ला सदरमुकाम देखि ६५किलोमिटर पुर्वमा रहेको रामपुर नगरपालिका तिव्र शहरीकरणमा फस्टाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj