Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानीको निर्वाचन स्थगित

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

कपिलबस्तु -चन्द्रौटा खानेपानी सस्थानका उपभोक्ताले बुझाउनु पर्ने महसुस समयमै बुझाउन नसकेकाले चन्द्रौटा खानेपानीको निर्वाचन स्थगित गरिएको छ ।

अध्यक्ष मन्डलका जेष्ठ सदस्य मधु पोख्रेलको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसि अर्को निर्णय नहुदा सम्मका लागि निर्वाचन सम्बन्धि सबै गतिविधि र प्रकृया रोक्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी मानव जिवनका लागी अपरिहार्य रहेको र त्यो भन्दा महत्त्वपूर्ण सस्थालाइ गतिशीलता दिन निर्वाचनमा उपभोक्ताको सहभागिता र मतदानको अधिकार रहेकोले अबिलम्ब महसुल बुझाइ मतदानमा भाग लिन आग्रह गरेको छ ।

निर्वाचन प्रकृया रोकि महसुल बुझाउने समय थप गर्ने छलफल प्रभावित पारी अन्तिम नामावली टास गर्ने निर्वाचन मण्डलका संयोजकको हर्कत लाई निर्वाचन गर्न बनेको अध्यक्ष मण्डलका बहुमत सदस्यले खेद प्रकट गर्दै आपत्ति जनाएका छन ।

यता यो निर्णय भए सङै अधिकाम्स राजनीतिक दलले निर्णयको स्वागत गरेका छ्न । समय थप्नु र महसुस बुझाउन उपभोक्तालाई समय दिइ निर्वाचनमा मताधिकारको वातावरण निर्माण गर्नु सहि कदम भएको दलहरुले बताएका छ्न ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu