यातायात कार्यालयका सर्भरमा समस्या, सबै सेवा बन्द
काठमाडौँ – यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले आज ५ बजेदेखि सबै सेवा बन्द गर्ने भएको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले एक सूचना जारी गर्दै सर्भरहरुमा समस्या देखिएका कारण उक्त समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारी गराउनुभएको हो ।
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।
हेर्नुहोस सूचना :
