Connect with us
Kapilvast Forest

स्थानीय तह चुनाव : २ करोड थान मतपत्र छापिने, जनक शिक्षासँग छलफल हुँदै

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

election

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका झन्डै एक करोड ७७ लाख मतदाताका लागि यो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिनुभयो ।

‘आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको झन्डै १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ’, नियमित्र पत्रकार सम्मेलन अन्तर्गत आज बिहीवार उहाँले भन्नुभयो, ‘विभिन्न जोखिमलाई ध्यान दिएर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो । आयोगले झन्डै दुई करोड थान मतपत्र छाप्नुपर्ने आँकलन गरेको छ ।’ मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेस गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना (जिल्ला समिति) को विवरण छानबिनको काम भइरहेको जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेस गर्न अनुरोध गरेको थियो ।

यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालासँगको अन्तरक्रिया हिजो बुधवारदेखि देशभर सुरु भएको आयोगले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu