Connect with us
Kapilvast Forest

नौमुरे आयोजनामा आधा बजेट प्रदेश सरकार राख्न तयार: मुख्यमन्त्री केसी

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बििनी प्रदेशको राजधानीका लागि विजुली, सिचाईका लागि प्रदेशको एक मात्रै मुख्य योजना नौमुरे योजना निर्माणका लागि प्रदेश सरकारको पहिलो योजना हुने बताउनु भएको छ । सितगंगा नगरपालिका वडा नम्बर ८ को कार्यालय उद्धघाटन गर्दै मुख्यमन्त्री केसीले त्यसलाई संघीय सरकारले बजेटको ५० प्रतिशत बजेट प्रदेश सरकारले प्रदान गर्ने बताउनु भयो ।

आम नेपाली जनताको त्याग तपस्या र बलिदानको उलब्धी नेपालको आमूल परिवर्तन संविधान र कानुनमा उल्लेख भई संघीयताको कार्यन्वयमा हरेक तह जिम्मेवारी बनेर अगाडि बनेर संघीयतालाई बलियो बनाउनको लागि सरकार र आम नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

 

उहाँले लुम्बिनी प्रदेशको राजधानी नेपालकै प्रदेशका राजधानीहरुमा नमूना प्रदेश राजधानी बनाउनको लागि पायक पर्ने, सेन्टर नयाँ नयाँ लिएको बताउँदै त्यसमा प्रदेश सकरारले कार्य थालनी तीव्र गतिमा लागेको बताउनुभयो ।सितगंगानगरपालिका वडा नम्बर ८ को कार्यालय उद्धघाटन गर्दै केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको विषयमा धेरै छलफल र सबै मनोविज्ञानलाई केन्द्रीत गरी लुम्बिनी प्रदेश र राप्ती उपत्यका घोषणा गर्न सफल भएको बताउँदै त्यसलाई पूर्णता दिनका लागि आफ्नो जिम्मेवारी पहिलो भएको बताउनु भयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माणको विषयमा सबै स्थानका समुदायलाई सम्वोधन हुने गरी काम गर्ने बताउँदै त्यस क्षेत्रको सबै भन्दा त्यसमा सबै जनतालाई भलो हुने बताउनुभयो । उहाँले राजधानीका लागि विजुली, सिचाईका लागि प्रदेशको एक मात्रै योजना नौमुरे योजना निर्माणका लागि प्रदेश सरकारको पहिलो योजना भएको हो त्यसलाई संघीय सरकारले बजेटको ५० प्रतिशत बजेट प्रदेशसरकारले प्रदान गर्ने बताउनु भयो।

 

उहाँले पूर्वाधारका लागि सितगंगालाई गुरुयोजना भित्र पाल्पा गुल्मी, अर्धाखाँचीका जनतालाई छोटो सडक सञ्जालमा जोड्नका लागि लाग्नु पर्ने बताउनुभयो ।उहाँले प्रदेशको राजधानीलाई पर्यटकीय प्रशासनिक क्षेत्रबाट अगाडि बढाउँदै त्यसका लागि लुम्बिनी क्षेत्र, कपिलबस्तु, बाँके बर्दिया लगायत रोल्पा, रुकुम, स्वर्गद्वारीलाई एउटै सर्किटमा जोड्नका सरकार लागि रहेको बताउनु भयो ।

 

लुम्बिनी प्रदेशको राजधानीको एउटा अभिन्न अंग सितगंगाको नगरपालिकाको समग्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो । उहाँले नेपालको संघीयताको मोडेल नेपाली माटो सुहाउँदो भएकोले गर्दा स्थानीयतहलाई बलियो बनाउँदै अगाडि बढेमा आम जनताको जीवन समृद्धि हुने बताउनुभयो ।
यस्तै नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले नेपालको सबैभन्दा ठूलो नगरपालिका र लुम्बिनी प्रदेशको राजधानी निर्माण निर्माणको क्षेत्र भएकाले राजधानीको गुरुयोजनामा पनि समुचित विकास समेटिएर अगाडि बढाउनको लागि अनुनरोध गर्नुभयो।

विगतको सरकारले सबै जनतालाई खरको छानो मुक्त गर्नका लागि योजना बनाएको थियो तर त्यसले धोका दिएको बताउँदै आफ्नै गाउँपालिकामाबाट अपुग बजेट पुरा गरि सकेको बताउनुभाये । विकासका लागि स्थानीयतहको बजेटले मात्रै सम्भावना नभएकोले गर्दा त्यसको विकासका प्रदेश सरकारले ध्यान दिनका लागि अनुरोध गर्नुभयो ।
नगर प्रमुख अधिकारीले सितगंगाका जनताको शिक्षा, स्वास्थ्य, खानेपनी र सिचाई अभाव रहेकाल राजधानी निर्माणकोको भुगोललाई पनि समेटिएर अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख टिका रेश्मीले गाउँ गाउँमा जनतालाई सेवा दिनका लागि गाउँ गाउँमा जनप्रतिधिले प्रशासननिक कार्यालय स्थापना गरी अगाडि बढाएको बताउनुभयो ।

करिव ५ वर्ष अगाडि निर्वाचनमा होमिदा गाउँ–गाउँमा सिहदरवार भनेका थियौँ हाल त्यो सपना पुरा हुनेक्रममा पुगेको बताउनु भयो । उहाँले नेपालको सबैभन्दा ठूलो भुगोलको नगरपालिका र राजधानी निर्माणको हिसावले क्षेत्रमा पर्ने भएकोले सितगंगाको विकासका लागि प्रदेश सरकारले ध्यान दिनका लागि अनुरोध गर्नुभयो ।

राजधानीको गुरुयोजनामा सितगंगालाई पनि समेटिएर अगाडि बढन्नका लागि अनुरोध गर्नभयो । वडा कार्यालयको भवन निर्माणका लागि सितगंगा न.पा. र वडाको बजेट गरी करिव ३२ लाखमा निर्माण भएका हो ।

कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सदस्य बिष्णु पौडेल, माओवादी केन्द्रका शितगंगा इन्चार्ज विवेक गैरे, नेकपा (एस) का जिल्ला सचिव नारायण शर्मा, ईपीडिपी परियोजनाका अर्घाखाँची संयोजक केशव भुसाल, लाहापे माविका प्रधानाध्यापक पवित्रा थापा, माओवादी केन्द्र शितगंगा-८ का सचिव जस बहादुर रोकाया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।भवन उद्घाटन कार्यक्रम वडाध्यक्ष रुकेश आलेको अध्यक्षता वडा सचिव मिना पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu