राप्रपा शिवराजबाट उपमेयर पदमामा विपासाले उम्मेदवारी दिने
कपिलवस्तु – राप्रपा शिवराजबाट उपमेयरमा विपासा चौधरीले उम्मेदवारी दिनु हुने भएको छ । राप्रपाका बरिष्ठ नेता दिपक बोहाराको निजि सचिवलयमा भएको भेटघाटमा शिवराज नगरपालिकाबाट विपासा चौधरीलाई अघी सार्ने र चुनावी रणनितिको विषयमा व्यापक छलफल भएको लुम्बिनी प्रदेश कोषाध्याक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।
आगामी स्थानिय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका सबै स्थानिय तहमा राप्रपाको उम्मेदवारहरुलाई विजयी बनाउने विषयमा व्यापक छलफल भएको कोषाध्यक्ष शाहले बताउनुभयो ।
बृहत भेटघाट तथा छलफल कार्यक्रममा राप्रपा लम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदय, राप्रपा बरिष्ठ नेता दिपक बोहारा,राप्रपा रुपदेन्ही अध्यक्ष सागर प्रताप राणा, प्रदेश सचिव राजेन्द्र अधिकारी, र प्रदेश सदस्य देवेन्द्र श्रीवास्ताव राप्रपा कपिलवस्तु अध्यक्ष नारायण बहादुर सिंह लगायतले चुनावको व्यापक छलफल गरेको कोषाध्यक्ष सइद अहमद शाहले जनकारी दिनुभयो ।
राप्रपाले विभिन्न स्थानिय तहमा उम्मेदवारको टुंगो लगाउने क्रममा शिवराजमा उपमेयरको टुंगो लगाएको छ ।
शिवराज नगरपालिकामा मेयर पदमा धेरै जनाको नाम आएकोले केही दिनमा टुगंो लगाउने प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।