Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

 

कपिलवस्तु-ग्रामीण क्षेत्रमा स्वास्थ्य सोवको पहुँच बढाउन लुम्बिनी प्रदेश सरकारलाई ८ वटा सुबिधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरि प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो। कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत बिकास संस्था लिडो नेपालले मन्त्रालयलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

लिडो संस्थाका संरक्षण तथा संघिय सांसद अतहर कमाल मुसलमान र कतार च्यारीटीका कन्ट्री डाईरेक्टर ईरशाद अलि शेखले प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी र स्वास्थ्यमन्त्री ईन्द्रजित थारुलाई एम्बुलेन्सका चाबी र काजगात हस्तान्तरण गरेका हुन्। सरकारले तोकेको निर्देशिका अनुसार “ख” बर्गको मापदण्ड पुरा गरेको ८ वटा एम्बुलेन्सको लागत १ करोड ६३ लाख ८६ हजार १ सय १२ रुपैयाँ रहेको जनाईएको छ।

मुख्यमन्त्री कुल प्रसाद केसीले स्वास्थ्य सेवाको पहुच बढाउन प्रदेशलाई एम्बुलेन्स दिएकोमा धन्यवाद दिँदै यसले ग्रामीण भेगका जनतालाई फाइदा पुग्ने बताए। उनले भौतिक पूर्वाधार मात्रै नभई सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारको ध्यान गएको बताए। उनले सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारले लगानी बढाएको दाबी गरे। एम्बुलेन्स सञ्चालन परिचालनमा थुप्रै समस्या पर्ने भएकाले सञ्चालक संस्थाले दिगो परिचालनको योजना बनाउनुपर्ने प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले बताए।

एम्बुलेन्सको व्यवस्थापनमा संस्थाहरु चनाखो हुुनु पर्ने उनले बताए। हस्तान्तरीत एम्बुलेन्समा इमरजेन्सीका बेला आवश्यक पर्ने इमरजेन्सी मोनिटरसहितका २४ वटा उपकरण रहेको कतार च्यारिटीका कन्ट्रि डाईरेक्टर ईरशाद अली शेखले बताए। उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन एम्बुलेन्स प्रदान गरिएकोले ग्रामिण क्षेत्रका जनता लाभांवित हुने बताए।

कतार च्यारीटी र लिडो नेपालले प्रदेश सरकारका मन्त्रालयसँग समन्वय गरेर ठूलो सहयोग प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दिन खाँले बताए। उनले लिडो नेपाल र कतार च्यारिटी दुवै संस्थाको प्रशंसा गर्दै यस्ता सेवालाई जारी राख्नु पर्ने बताए। सांसद अतहर कमालले दाताहरुले दिएको सहयोगले आएको एम्बुलेन्सको सही सदुपयोग हुनुपर्ने बताए।

व्यवस्थितरुपमा सञ्चालन गर्न सम्बन्धित पालिका र स्वास्थ्य संस्था अग्रसर रहनु पर्ने लिडो नेपालका संरक्षक समेत रहेका संघिय सांसद अतहर कमालले बताए। कार्यक्रममा आयोजक एंव समन्वयकारी संस्था लिडो नेपाल, कतार च्यारिटी र लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासे तथा प्रदेश स्वास्थ्य मन्त्रालयलाई सम्मानपत्र दिईएको थियो।

प्रदेश सरकारलाई दिईएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, कपिलवस्तुको शिवराजको शिवराज स्वास्थ्य केन्द्र, बाँके नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्र, पाल्पा रामपुरको गन्डाकोट स्वास्थ्य केन्द्र, बर्दिया राजपुरको बदलपुर स्वास्थ्य केन्द्र, गुल्मी काली गण्डकीको पुर्तिघाट स्वास्थ्य केन्द्र, दागं बबईको हापुरे स्वास्थ्य केन्द्र र प्युठान बिजुवारको प्युठान अस्पताललाई हस्तान्तरण गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu