Connect with us
Kapilvast Forest

सेवा निबृत्त शिक्षकलाई सम्मान सहीत गबिर र जहेन्दार छात्रालाइृ छात्रबृत्ति

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु -सेवा निबृत्त शिक्षकलाई सम्मान तथा गरीब र जहे्रन्दार छात्रालाई छात्रबृत्ति प्रदान गरिएको छ । कपिलवस्तु नगरपालिकाले तौलिहवामा २०७४ साल पुस देखि हाल सम्म सेवा निबृत्त भएका ३५ शिक्षकहरुलाई दोसल्ला र कदर पत्रले सम्मानित गरेको हो । मेयर किरण सिंह, उप मेयर लक्ष्मी साउ गुप्ता र नगरपालिका शिक्षा ईकाईका प्रमुख हरि प्रसाद ज्ञवालीले सेवा निबृत्त भएका शिक्षकहरुलाई सम्मानित गरेका थिए । सो अवसरमा शिक्षकहरुलाइृ मायाको चिनो स्परुप करुवा समेत प्रदान गरिएको थियो ।यस्तै २०७७ सालको एसईईमा राम्रो अंक ल्याई पास गरेका १३ सरकारी बिद्यालयका २५ छात्राहरुलाई नौ हजारका दरले प्रोत्साहन स्वरुप छात्रबृत्रि प्रदान गरिएको थियो ।

हाल ती छात्राहरु कक्षा ११ मा अध्ययरत छन । सो अवसरमा मेयर किरण सिंहले शिक्षको ज्योति छर्न आफनो उर्जावान समय खर्च गरेका शिक्षकहरुलाई सम्मान गर्न पाउदा आफुलाइृ निकै खुशी लागेको बताए ।

‘ समाजको बाटोलाई सही दिशा निर्देशित गर्ने शिक्षकहरु सम्मानका हकदार छन, उनीहरुलाई सबैले सम्मान गर्नु पर्छ ’ उनले भने । उनले सेवा निबुत्त शिक्षकहरुको सुखद भबिष्याको कामना गर्दै समाज रुपान्तरणकालागि भुमिका खेल्न समेत आग्ह गरे । सो अवसरमा उप मेयर गुप्ताले शिक्षकहरुको गुनालाई कहिल्यै बिर्सन नसक्ने भन्दै यसरी सम्मानित गर्न पाउदा आफुलाई निकै राम्रो महसुस भएको बताईन । कार्यक्रममा शिक्षा ईकाईका प्रमुख ज्ञवालीले आफनो अमुल्य जीवन शिक्षको ज्याृति छर्न मै ब्यतित गरेका शिक्षकहरुलाई नगरपालिकाले सम्मानित गरेर बिदाई गरेको बताए ।

यस्तै छात्राहरुको शिक्षा क्षेत्रमा पहुच बढाउन गबिर र जहेन्दार छात्राहरुलाई छात्रबृत्ति प्रदान गरिएको बताए । मेयर सिंहको अध्यक्षता, शिक्षा अधिकारी युवराज भुसालको संचालनमा भएको कार्यक्रममा वडा नम्बर २का अध्यक्ष रामभजन कलवार, ३ का प्रकाश गैरे, ४ का रबिन्द्र प्रसाद तिवारी, ५ का दिरेप चैधरी, ११ का रामगोपाल यादव, शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ, लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu