यी हुन् शिवराजका जसपाबाट मेयरमा दाबेदार
कपिलवस्तु -स्थानीय तह निर्वाचन आउन अब ४२ दिन बाँकी छ। चुनाव हुने वैशाख ३० को मिति घर्किँदै गएपछि राजनीतिक दलहरू उम्मेदवार चयनदेखि संगठन विस्तारलगायतका ‘कसरत’ मा जुटिसकेका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जनता समाजवादी पार्टीबाट शिवराजकोको मेयरमा ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा कृष्ण कुमार चोधरी , रहिश साह र सतिश गुप्ताको दाबेदारी रहेको देखिएको छ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेर बनेर झिनो मतअन्तरले पराजय भोगेका चौधरी यो पटक पनि उम्मेदवार बनेर शिवराजको मेयर जित्ने दाउमा छन ।
नेता तथा जनताहरुसँग जनसम्पर्क बढाउँदै जनताबीच आ–आफुलाई प्रबल प्रत्याशी रहेको साबित गर्ने कोसिसमा लागेको स्थानीयले बताउँछन् । भने चौतर्फी विकासका लागि मेयर पदको टिकट युवालाई दिनुपर्ने बजारमा जोडदार चर्चा भए पछि शिवराजमा हरेक काम राजनितिको घेरा भन्दा बाहिरबाट समाज क्षेत्रमा सेवा पुराएका जसपाका युवा नेता रहि साहले पनि मेयरमै दोबदारी प्रस्तुत गरेका छन ।
शाहले राजनीतिक, सामाजिक, गतिविधिहरुमा तीव्रता दिँदै आउनुभएको छ । शाहले जनताको घरदैलों पुग्दै जनताका हरेक समस्यामा खटिँदै आउनुभएको छ । उहाँले अहोरात्र जनताको सुख, दुखमा सरिक हुँदै गाउँ, नगरका जनताको अवस्था, समस्या नजिकैबाट बुझ्दै आउनुभएको छ । तसर्थ रहिस शाह शिवराज नगरपालिकाको मेयर पदका लागि बलियो दाबेदारका रुपमा रहेका छन् ।
शाह एक कर्मठ, इमान्दार र जुझारु युवा नेता भएकोले उहाँ बलियो उम्मेलवारको रुपमा देखिनुभएको छ । । यस्तै अर्का युवा नेता सतिश गुप्ताले मेयर पदको दाबी गर्नुभएको छ । उहाँले पनि राजनैतिक, सामाजिक क्रियाकलापमा व्यस्त देखिएका छन् । टिकट पाउने आशामा गाउँघरमा सक्रियता देखाउनुभएको छ । स्थानीय गुप्ताले मेयरको टिकट पाउने प्रबल सम्भावना रहेको चर्चा बताउँछन् । शिवराज नगरपालिकाको मेयर पदको टिकट कसले पाउने भन्ने विषय एकिन हुन सकेको छैन । टिकट पाए आफूले चुनाव जित्ने तिनै जनाले दावि गरेका छन ।