Connect with us
Kapilvast Forest

शिवराजमा राप्रपाले भोलि देखि चुनाव लक्षित ’घरदैलो अभियान’ गर्ने

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शिवराज नगर समितिले भोलि (सनिवार ) देखि स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सोहि बैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्विनी प्रदेश कोषाध्यक्ष सईद अहमद शाहले राप्रपाको चुनावी अभियान ’जनताको माझमा राप्रपा, घरदैलो अभियान’ प्रभावकारी बनाउन सकै नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

कोषाध्यक्ष शाहले नेता कार्यकर्तालाई शिवराजमा जित्ने गरी अभियानमा लाग्न निर्देशन समेत दिनु भएको छ ।
पाटीको चुनावी अभियान अनुसार आज कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा राप्रपा शिवराजका अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षताका बसेको बैठले उक्त निर्णय गरेको हो ।

स्थानीय चुनाव लक्षित ’जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरको राप्रपा शिवराजले जनाएको छ ।

साथै राप्रपा शिवराज नगर समितिको पार्टी कार्यालय समेत  खोल्ने निर्णय भएको राप्रपा शिवराजले जनाएको छ। चन्द्रौटाको होटल गरिब नावजमा सम्पन्न बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराजको उप प्रमुख पदको उम्मेदवार विपासा चौधरी , युवा सघंको क्षेत्रीय अध्यक्ष विजय प्रताप मौर्या एवम शिवराजका ११ वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu